المدة الزمنية 8:8

पसु पालन कोसे घास स्टाइलो घास

بواسطة Sushil Aryal
1 970 مشاهدة
0
95
تم نشره في 2020/07/04

स्टाइलो घास नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने र जमिन माथि झाङ्गिएर भुइँ पनि राम्ररी ढाक्ने भएकोले भू–क्षय रोक्न र पहिरो गएको स्थानमा पनि यसको प्रयोग हुने गरेको छ । हावापानी : स्टाइलोलाई उष्ण तथा समशितोष्ण जलवायु चाहिन्छ । यसलाई तराई देखि मध्य–पहाडको १५०० मिटरसम्ममा लगाउन सकिन्छ । स्टाइलोले प्रायः तुसारोर जमेको पानी खप्न सक्दैन तर केही हदसम्म सुख्खा चाहिँ खप्न सक्दछ । वर्षमा ५००–६०० मिलिलिटरदेखि १८००–२००० मिलिलिटरसम्म वर्षा हुने क्षेत्रमा स्टाइलो लगाउन सकिन्छ । माटो : हरेक किसिमको माटोमा यसको खेती गर्न सकिन्छ । दोमट तथा चिम्ट्याइलो दोमट माटो बढी उपयुक्त हुन्छ। लगाउने समय स् जेठ अन्तिमदेखि साउनको पहिलो हप्तासम्म वर्षा सुरुहुन थालेपछि यसको बीउ लगाउनु उपयुक्त हुन्छ । जातहरू : ३कमन-स्टाइलो : यो करिब १.५ मिटर अग्लो हुने सिधा वा केही हाँगाबिँगा भएको नेपालमा धेरै रुचाइने र बढी क्षेत्रफल ढाक्ने जातको स्टाइलो हो । यसको डाँठमा झुस जस्तो भुत्ला पनि पाइन्छ । स्रबी स्टाइलो : यो बुट्यान जस्तोे १.५ देखि२.० मिटरसम्म अग्लो हुने सिधा डाँठर धेरै हाँगाहरू भएको स्टाइलो हो । यसमा केही बढी रोग लाग्दछ । हमाटा : स्टाइलो स् यो दुई वर्षीय, करिब ०.८ मिटरसम्म अग्लो हुने, मसिना र धेरै हाँगा बिँगा हुने जात हो । टाउन्सभिले स्टाइलो : यो एकवर्षीय करिब ०.७ मिटर अग्लो हुने धेरै हाँगाबिँगा भएकोे स्टाइलो हो । यसको फुल सानो, पँहेलो रङको हुन्छ। कटिङ्गा स्टाइलो : यो सोझो डाँठ भएको बहुवर्षीय, एक मिटरसम्म अग्लो हुने स्टाइलो हो । यसले केही मात्रामा चिसो पनि खप्न सक्छ । यो बीउ छरेको ६०–७० दिनमा काट्न लायक हुन्छ र सय दिनमा बीउ पाकेर तयार हुन्छ । पौष्टिक तत्वहरू प्रतिशत : चिल्लो पदार्थ २.३ कच्चा प्रोटिन १६.९ रेसा ३३.० काबोहाइड्रेट ७३.८ खरानी ७.० मलखाद : यो कोसेबाली भएकाले खासै मलखाद दिने चलन छैन तर राम्रो उत्पादन लिनका लागि २०ः६०ः२० ना.फ.पो.र ४–५ टन कम्पोष्ट प्रतिहेक्टर दिनु आवश्यक हुन्छ । प्रसारण : स्टाइलोको प्रसारण बीउबाटै गरिन्छ । बीउ दर : बीउको आकार हेरी प्रतिहेक्टर तीनदेखि आठ के.जी.सम्म छर्नु पर्दछ । रोप्ने दूरी : यसलाई छरुवा विधिले लगाइन्छ । हारमा लगाउनु परेमा एक हारदेखि अर्को हारको दूरी ५० से.मी. र बोटदेखि बोटको दूरी ३० से.मी. दिनु पर्दछ । सिँचाइ : यसलाई सिँचाइ गर्ने चलन छैन तै पनि सिँचाइको सुविधा भएमा सुख्खा मौसममा १५ दिनको फरकमा सिँचाइ दिनसके राम्रो उत्पादन लिन सकिन्छ । रोग–कीरा नियन्त्रण : असल बीउको प्रयोग, सफा खेती र सामान्य रेखेदेख गरेमा रोग–कीराबाटयस बालीलाई बचाउन सकिन्छ । कटाइ स् रोपेको ७०–८० दिनपछि पहिलो कटान र पहिलो कटानको ६० दिनपछि दोस्रो कटान लिन सकिन्छ । कार्तिक–मङसिरसम्म यसको उत्पादन लिइरहन सकिन्छ । उत्पादन : स्टाइलोलाई उन्नत तरिकाले खेती गरेमा प्रतिहेक्टर ५०–६० टनसम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ। सामान्य अवस्थामा पनि २५–३० टन प्रतिहेक्टर उत्पादन लिन सकिन्छ।

الفئة

عرض المزيد

تعليقات - 21