المدة الزمنية 26:59

Latest interview of Baburam Bhattarai | Deleted by Radio Nepal | रेडियो नेपालले हटाएको अन्तर्वार्ता

بواسطة Saurav GMR YT
166 مشاهدة
0
4
تم نشره في 2020/04/28

रेडियो नेपालमार्फत डा. भट्टराईले भने- केपी ओली ‘भष्मासुर’ र ‘हिटलर’ जस्तै । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...समाचार महाशाखा प्रमुख नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नु भएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ।’ लम्सालले सोमबार बिहान ६ बजेर ३० बजे रेडियाे नेपालबाट लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग कुराकानी गरेका थिए।आँखिर भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै के भनेका थिए ? जसकारण रेडियो नेपालले माफी मात्र मागेन, अनलाइनबाट अन्तर्वार्ता समेत हटायो। फेसबुकबाट पनि लाइभ गरिएको उक्त अन्तर्वार्तामा भट्टराईले प्रम ओलीलाई लक्षित गरी ‘भष्मासुर’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेको पाइन्छ। भट्टराईले प्रम ओली संवैधानिक आयोग कब्जा गरेर हिटलर बन्ने दिशातर्फ अघि बढेकाे उल्लेख गरेका छन्। उनले भनेका छन्, '...दुई तिहाइको सरकार भएको बेलामा कोरोनाले आक्रान्त भएका बेला, यी सबै क्षेत्रमा ध्यान दिनुको सट्टा राष्ट्रपतिलाई समेत दुरुपयोग गरेर अध्यादेश जारी गर्ने र संवैधानिक आयोग कब्जा गरेर (आफ्नै मान्छे निर्वाचन आयोग, अख्तियार, न्यायालय) सबैतिर आफ्ना मान्छे राखेर पूरै एउटा हिटलर बन्ने दिशातर्फ अघि बढेका छन्। भट्टराईले  प्रम ओलीलाई भष्मासुरको समेत उपमा दिएको पाइन्छ। 'सांसदलाई अहरण गरेर पार्टी फुटाउने प्रयत्न भएको थियो। त्यसलाई भण्डाफोर गर्यौ।  मुख्यत नेकपा भित्रैकै साथीहरु केपी ओली नामको एउटा भष्मासुरको जन्म नेपालमा भएको छ, त्यसलाई अन्त्य गरेर कोरोनाबाट मुक्त होऔँ।'

الفئة

عرض المزيد

تعليقات - 0