المدة الزمنية 3:18

Myadi police new vacancy 2078 | म्यादी प्रहरीमा भर्ना खुल्यो | Myadi Police Nepal

بواسطة Nepal Online
4 554 مشاهدة
0
261
تم نشره في 2021/06/06

#Nepalonline #Nepali # @techSagar1 Myadi police new vacancy 2078 | म्यादी प्रहरीमा भर्ना खुल्यो | Myadi Police Nepal म्यादी प्रहरीको लागि भर्ना खोलिँदै, तलब र अवधि समेत बढाइयाे । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ । खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । अहिले भने दुई चरणको निर्वाचन भएकाले तलब र अवधि समेत बढाइएको छ । तलव नेपाल प्रहरीको सिपाही सरहको हुनेछ भने अवधि ४ महिना भन्दा बढीको हुनेछ ।

الفئة

عرض المزيد

تعليقات - 24