المدة الزمنية 32:54

बीपी कोइरालाको ४० वर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता | BP Koirala's Unpublished Interview

بواسطة 12Khari
60 863 مشاهدة
0
1.2 K
تم نشره في 2019/05/15

बीपी कोइराला (संस्थापक नेताः नेपाली कांग्रेस) नेपालको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रहे पनि नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ सालमा भारत निवाएसनबाट ‘राष्ट्रिय मेलमिलाप’को आह्वान गर्दै नेपाल पर्किएका थिए । राष्ट्रियता जोगाउन राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप हुनुपर्छ भन्दै नेपालमा लोकतन्त्र र राजतन्त्र दुवै आवश्यक छन् भनेका कारण कतिपयले बीपीको आलोचना गरेका थिए भने कतिले दूरदर्शी नेताको संज्ञा दिएका थिए । विसं २०३० को दशकको मध्यतिर बीपी स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर लन्डन पुगेका थिए । अक्सर उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइहाल्थ्यो । बीपी गएका बेला बीबीसी वल्र्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी लञ्चका लागि बोलायो । नेपाली सेवा छुट्यो । बीबीसी नेपाली सेवाबाट मणि राणा र ध्रुवहरी अधिकारी बीपी बसेकै ठाउँमै पुगेर र आधा घन्टा लामो अन्तर्वार्ता गरे । तर, उतिबेलाको समसामयिक विषयमा गरिएको अन्तर्वार्ता त्यसबेला बीबीसीले प्रसारण गरेन । तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन त्यो त मणि राणा अहिले पनि स्पष्ट भन्न सक्तैनन् तर उनको विचारमा राजतन्त्रका नकारात्मक पक्षबारे बीपीले खुलेर आफ्नो विचार राखेकाले राजनीतिक समस्या समाधानका लागि दरबार र कांग्रेसबीच छलफल सुरु भइरहेका बेला बीपीको अन्तर्वार्ताले दरबार रुष्ट भएर बन्दै गएको सकारात्मक वातावरण पनि बिग्रिने हो कि भनेर प्रसारण नगरेको हुन सक्छ । विसं २०३० को दशकको (मिति खोज्न सकिँदैन ??) मध्यतिर बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले गरेको अन्तर्वार्ता करिब चार दशकपछि बाह्रखरीलाई प्राप्त भएको छ । नेपालको राजनीतिलाई बुझन् सहायक हुनसक्ने यो अन्तर्वार्ता जस्ताको तस्तै प्रस्तुत गरेका गरेका छौँ । ======================================= STAY CONNECTED WITH US: Website ↔ https://baahrakhari.com/ Facebook ↔ https://www.facebook.com/baahrakhari/ Twitter ↔ https://twitter.com/12khari ---------------------------------------------------------------------- To Watch More Subscribe, Like and Share. Contact No. : (+977) 01-4101651, 01-4101656 #Bpkoirala #Nepalicongress #

الفئة

عرض المزيد

تعليقات - 71