المدة الزمنية 3:31

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

بواسطة K.S.G IN THE WORLD
38 مشاهدة
0
4
تم نشره في 2020/09/18

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिनुभयो । उहाँले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भन्नुभयो ।  महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।  भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ । नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुग्नुहुन्छ र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आउनु्हुन्छ भन्नुभयो । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ ।  उहाँले दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ भन्नुभयो ।

الفئة

عرض المزيد

تعليقات - 1