المدة الزمنية 8:11

Darjeeling News@मन घिसिङ माथी प्राणघातक हमलाको षड्यन्त्र रच्ने बिरुद्ध खर्साङ थानामा प्राथमिक दर्ता

بواسطة Darjeeling Express
181 مشاهدة
0
5
تم نشره في 2021/09/27

गोरामुमो खर्साङ ब्राञ्च कमिटीले अध्यक्ष मन घिसिङ माथी प्राणघातक हमलाको षड्यन्त्र रच्ने बिरुद्ध दोषीलाई लाई यथाशीघ्र पक्राउ गरिनु पर्छ भन्दै खर्साङ थानामा प्राथमिकी दर्ता गरे । गोरामुमो खर्साङ ब्राञ्चको आज पार्टी कार्यलय खर्साङमा आपतकालीन बैठक बस्यो । ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको बैठकलाई सचिव युद्ध छेत्रीले संचालन गरेका थिए । केन्द्रीय समिति सदस्य पारस गुरुङ , खर्साङ ब्राञ्च कमिटीका प्रतिनिधि बर्ग साथै भ्रातृ संगठनका सम्पुर्ण प्रतिनिधि बर्गको उपस्तिथिमा बसेको बैठकमा सभाले गोरामुमो अध्यक्ष मन घिसिङ माथी रचिएको षड्यन्त्र प्राणघातक हमलाको घोर भर्सना जनाएका छन् । ब्राञ्च अध्यक्ष निमा लामाले यस घटनाको घोर बिरोध जनाउदै यो षड्यन्त्र रच्ने दोषीलाई यथाशीघ्र प्रशासनले पक्राउ गर्नु पर्ने मांग राख्दै खर्साङ थानामा खर्साङ ब्राञ्च कमिटीको तर्फबाट प्राथमिकी दर्ता समेत गरेका छन् । सभामा निमा लामाले आफ्नो बक्तब्यको क्रममा बोल्दै भने , यो हमला गोरामुमो पार्टीलाई मात्र नभएर सम्पुर्ण गोर्खा जाति माथी हमला हो । जब गोर्खा जातिको हक र हितको निम्ति राम्रो हुने सम्भावना हुन्छ तब षड्यन्त्र रच्नु थाल्छ । बिगतको दिनहरुमा पनि यस्तो घटना भएको हो अब हामी यस्तो घटनाको सहन गर्ने छैनौं । गोरामुमो पहाडमा शान्ति चहान्छ र अहिले सम्म हामीले पहाड शान्ति राख्न अहम भुमिका निभाएका छौँ ।हामी मुद्दाको पछि लागेका छौँ जाति र माटोको उन्मुक्तिको लागि परेका छौ र यो सबैलाई सर्वबिधितै छ तर वार्ता सफल नहोस् भनेर यस्तो किसिमको षड्यन्त्र भएको हो तर पनि हामी लागि पर्नेछौ । हामी जब सम्म लक्ष्यमा पुग्दैनौ जस्तो सुकै परिस्थिति आए पनि तब सम्म लागि पर्नेछौ । समष्टि , भ्रातृ संगठनहरुले यस घटनाको बिरोध गर्न पर्छ ।पार्टीको अध्यक्ष माथी यस्तो प्राणघातक हमला हुनु भनेको पार्टी माथी हमला हुनु हो तपाईं र म माथी हमला हुनु हो । हामी यस घटना माथी शान्ति पुर्ण ढंगले बिरोध गर्दैछौं पहाडको शान्ति हामी भङ्ग हुने दिन छैनौं भनी निमा लामाले आफ्नो सम्बोधनको क्रममा भने । यसैक्रममा आज गोरामुमो अध्यक्ष मन घिसिङ माथी प्राणघातक हमलाको विरुद्धमा षड्यन्त्रकारी लाई यथाशीघ्र प्रशासनले पक्राउ गरिनु पर्छ भनेर खर्साङ बजारमा गोरामुमो खर्साङ ब्राञ्च साथै भ्रातृ संगठनका सम्पुर्ण प्रतिनिधि बर्गहरुले व्यापक पोस्टरिङ गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

الفئة

عرض المزيد

تعليقات - 1