المدة الزمنية 31:11

NOC भन्छ: मासिक ५ अर्ब २० करोड घाटामा छौं, सरकारले अनुदान या कर घटाओस पेट्रोलियमको मुल्य कम गर्छौं

بواسطة Sambad Dabali
618 مشاهدة
0
13
تم نشره في 2021/11/14

नेपाल आयल निगमका नि.नायब कार्यकारी निर्देशक नागेन्द्र साहले २०७८ कर्तिक २८ गते संवाद डबलीसंग कुरा गर्दै, निगमलाई मासिक ५ अर्ब २० करोड घाटा भइरहेकोले मुल्य घटाउन सरकारले अनुदान या कर घटाउनु पर्ने बताएका छन् । साहले अगाडी भने “१ सय ५३ रुपैयाँमा पेट्रोल खरिद गरेर १ सय ३६ मा विक्रि गरिरहेको कुरा कस्ले बुझ्ने हो कुन्नी ? हामीले भारतबाट ८३ मा खरिद गरेर ल्याउँछौं, त्यसमा नेपाल सरकारले विभिन्न शिर्षकमा गरेर ५८ रुपैयाँ राजश्व लगाउने गरेको छ, ५ रुपैयाँ भारतबाट थानकोटसम्म ढुवानी भाडा र वीमा, डिपोबाट डिलरसम्म उनिहरुको कमिसन र त्यसबीचको खर्च ५ रुपैयाँ, ७० देखि ८० पैसा जतिको बीचमा उड्ने वा बास्पिकरण भएर जानेमा हुन्छ, तलब–भत्ता, सेवासुविधा र अफिसियल खर्च प्रति लिटर ७० पैसामा व्यवस्थापन गर्ने गरेका छौं । हामीले ७० पैसामा प्रशासनिक खर्च व्यवस्थापन गरेकाछौं तर छिमेकी देश भारतमा भने २ रुपैयाँ प्रति लिटर खर्च गर्छन्, तर अझै अपगाल हामीमाथि नै । सेल्सकै भोलुममा हेर्दा हाम्रोमा ०.५ प्रतिशत पनि प्रसाशनिक खर्च भएको छैन, अनि मानिसहरु आरोप लगाउँछन्, आयल निगमले अरबौ अपचलन गर्यो ।”

الفئة

عرض المزيد

تعليقات - 2