المدة الزمنية 26:5

कुखुराको खोर कसरी बनाउने//सस्तो बलियो खोर कसरी बनाउने//madi turkey farm

12 953 مشاهدة
0
454
تم نشره في 2020/08/26

#कुखुराको_खोर खोर कस्तो, कहाँ र कसरी बनाउने ? जमिनभन्दा अलिकति माथि पूर्व अथवा पश्चिम फर्केको खोर बनाउने साना चल्ला हुर्काउने खोर ठूला कुखुरा र फुल पार्न आँटेका कुखुराको खोरभन्दा ३०० फीट टाढा बनाउने खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ खोरको चौडाइ ३२ फीट, खोरको मध्यभागको उचाइ १०–१२फीट हुनुपर्छ पर्खालको तलको तीन चौथाइ भाग इँटाको अथवा बिम पक्की र माथिको एक चौथाइ भागमा जाली लगाउनुपर्छ खोरको छानामा खर, पराल, छ्वाली वा जस्तापाता आदि प्रयोग गर्नुपर्छ खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ चल्ला कसरी हुर्काउने ? चल्ला किन्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला किन्नु हुँदैन ब्रोइलर कुखुराका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको कम्तीमा २ इञ्च बाक्लो सोत्तर हाल्ने (जस्तै काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि) सोत्तरलाई पाँच पत्र न्यूज प्रिण्ट पेपर (पत्रपत्रिकाका कागज)ले छोप्ने खोरमा चल्ला भित्र्याउनुभन्दा २४ घण्टा अगाडि ब्रुडरको बत्ती/हिटर बाली खोरको तापक्रम ९० देखि९५ डिग्री फरेनहाइट राख्नुपर्छ। तर चल्ला ठूलो भएपछि ५० डिग्री फरेनहाइटसम्म घटाउन मिल्छ ब्रुडरको चारैतिर प्रति २५० चल्लाका लागि ६ ओटा पानीको भाँडा राखि त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाइट र सहजैविक चिजहरु मिसाएर राख्नुपर्छ।

الفئة

عرض المزيد

تعليقات - 67