المدة الزمنية 10:43

छुवाछुत बिरुद्धलाग्दा ब्राह्मण परिवारमाथि नै छोइछिटो,कता जाँदैछ समाज | | NEPALI STORY TV

بواسطة Nepali Story Tv
1 082 مشاهدة
0
23
تم نشره في 2020/11/26

नेपालको संविधानले जातीय छुवाछुत अन्त्य भएको घोषणा गरेको भएपनि कथित उचनिच ब्यबहारले नेपाली समाजमा जरो गाडेर बसेको छ। ग्रामिण क्षेत्रमा अझै पनि छोइछिटो प्रथा कायेम छ। तर कास्कीको माछापुछ्रे गाउँपालिका वडा नम्बर ६ अस्तामको एक ब्रामण परिवारले थालेको कदमले जातीय छुवाछुत गर्नेहरुलाई गतिलो झापड हानेको छ। घरको आँगनमा बसेर संगै खाना खाइरहेका यी चारजना एकै परिवारका सदस्यजस्तै देखिन्छन। तर नाझुक्कीनुहोस यिनीहरु एकै परिवारका सदस्य भने हैनन्। यो कास्कीको माछापुछ्रे गाउँपालिका वडा नम्बर ६ अस्ताम स्थित मोहन प्रसाद अधिकारीको परिवार हो। दुइ जना अधिकारी दम्पति हुन् भने अर्का दुइ जना स्थानीय धनसिंह परियार र दिपिका परियार हुन्। ग्रामिण समाजमा अझैपनि कथित तल्लो र उपल्लो जात भन्दै गरिने छुवाछुत प्रथा हट्न सकेको छैन। तर अधिकारी परिवारमा त्यसको कुनै गन्ध छैन। धनसिंह परियार र दिपिका परियार अधिकारी परिवारको सदस्य हुन् भन्दा कुनै फरक पर्दैन। मोहन प्रसाद अधिकारी र उनकी श्रीमती सीताले धनसिंह र दिपिकालाइ आफ्नै छोराछोरी जस्तै ब्यबहार गर्छन। त्यस्तै धनसिंह र दिपिकालाइ घरमा कुनै रोकतोक छैन। संगै काम गर्ने,पकाउने र संगै खाने गर्छन। धनसिंह भन्नछन मैले उहाँहरुलाई बाबा आमा भन्छु, अरुले सिधै भन्न नसकेपनि ब्यबहारमा तल्लो जात भनेर हेप्छन तर यहाँ त आफ्नै छोरा मान्नुन्छ , एकदमै खुशी लाग्छ। धनसिंह जस्तै दिपिकाको पनि खुशीको सिमा छैन। फुर्सद हुनेबित्तिकै अधिकारी दम्पतिलाई काममा सघाउने गर्छिन। तरकारी केलाउने,खाना पकाउने , दुध उमाल्ने र पनि ल्याउने गर्छिन दिपिका। आफ्नो श्रीमान् विदेश भएपनि अधिकारी दम्पतिको साथले उनलाई श्रीमानको अभाब महसुश हुन पाएको छैन। मोहन प्रसाद अधिकारी हाल ब्यबसायिक कृषिमा लागेका छन् भने उनकी श्रीमती गाउँकै विद्यालयकि शिक्षिका हुन्। मोहन भन्छन काटे जसको पनि रगत रातै आउछ। यो भेदभाव र छुवाछुत मानिसले बनाएको कुप्रथा हो। गाउँमा अरुले जेसुकै भनुन म एसको बिरोधि हो। मेरा छोरा छोरी जस्तै धनसिंह र दिपिकालाइ घरमा कुनै बन्देज छैन। समाजका कथित उच्चजातका मानिसहरुले अधिकारी दम्पतिको बिरोध त गर्न सकेका छैनन् बरु कतिपयले घरमा आएको बेला आफुले दिएको चिया नास्ता नखाएको तितो अनुभव छ अधिकारी पत्नी सीता तिवारी संग। उनि भन्छिन हाम्रो कदमले गर्दा कोहि कोहिले हामीमाथि नै छुवाछुत गर्न खोज्छन। समाजले जे सुकै भनोस गलत प्रथाको बिरोध गर्ने पर्छ भन्ने सोच छ अधिकारी परिवारमा। यो परिवारले जस्तै सबैले जातीय छुवाछुतको बिरोध गर्ने हो भने हाम्रो समाज बाट कथित तल्लो र उपल्लो जातको पर्दा च्यातिनेमा कुनै दुइ मत छैन। #NepaliStoryTV #Chuwachut #Abhiyan

الفئة

عرض المزيد

تعليقات - 6