المدة الزمنية 5:55

गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलबाट आयो सबै दंग पार्ने खुशीको खबर विश्वलाई राम्रो सन्देश

بواسطة Butwal online media
19 035 مشاهدة
0
483
تم نشره في 2020/12/02

#Gautam_Buddha_international_Airport_LatestUpdate गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलबाट आयो सबै दंग पार्ने खुशीको खबर ! विश्वलाई राम्रो सन्देश रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सोलार प्लान्ट पनि जडान गरिने भएको छ । विमानस्थल सञ्चालन गर्न आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले सोही ठाउँमै सोलार प्लान्ट बनाउने तयारी अगाडि बढाइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल अघि बढिसकेको छ । पहिलो चरणमा गत शुक्रवार ऊर्जा मन्त्रालयमा दुवै मन्त्रालयका मन्त्री र अन्य प्रतिनिधिहरूबीच छलफल भएको छ । छलफलमा मन्त्रीद्वय वर्षमान पुन र योगेश भट्टराई, पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीणराज अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो । बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर एक साताभित्र मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक ९एडीबी०को सहयोगमै निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमीनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्न लागिएको हो ।आर्थिक अभियान दैनिकमा खवर छ । एडीबीले यसअघि नै सोलार प्लान्टका लागि नेपाललाई रू १८ अर्ब ५ करोड दिएको थियो । सोही बजेटबाट सरकारले झापामा ५ मेगावाट, बुटवलमा ७ मेगावाट, पोखरामा ४ मेगावाट र चनौटामा ८ मेगावाटको सोलार प्लान्ट बनाउने कार्य अगाडि बढाएको छ । त्यसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरीद–विक्री सम्झौता समेत गरिसकेको छ ।

الفئة

عرض المزيد

تعليقات - 41