المدة الزمنية 11:25

दाङमा २४ करोडको लगानीमा बनेको बेलझुण्डी रङशाला / Studium at Beljhundi,Dang

بواسطة Tulsipur Online TV
2 254 مشاهدة
0
89
تم نشره في 2020/09/09

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डी अन्तराष्ट्रिय रंगशाला अवलोकन गर्नेहरुको भीड लाग्ने गर्छ । कुनै समय उजाड जमिन रहेको उक्त क्षेत्र अहिले भने हराभरा छ । रंगशाला निर्माणको काम करिब–करिब अन्तिम चरणमा पुगेको छ । २४ करोड २४ लाख ४५ हजार दुईसय ९३ लागतमा दिवा एमए प्रतिष्ठा जेभिले उक्त रंगशाला निर्माणको जिम्मा पाएको थियो । तर, अहिले उक्त एमए कनष्ट्रक्सनले निर्माण गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रकाश पोखरेलका अनुसार फुटवल मैदान निर्माण, सेन्थेटिक एथ्लेटिक्स ट्रयाक निर्माण, नाली निर्माण, भिआईपी प्यारापीट निर्माण, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भीआइपी÷मिडिया घर निर्माण, साधारण प्यारापीट निर्माण रिएको छ । उनका अनुसार रंगशालाको पश्चिमतर्फ प्यारापिटमा ४ सय १२ वट सिट र पूर्वी भागमा साधारण नागरिककालागि प्यारापिट निर्माण गरिएको छ । रंगशालामा आबश्यक पर्ने सामग्रीहरु चीन, भारत, मलेसियालगायतबाट ल्याईएको हो, भने विदेशीहरुलाई कालिगढ ल्याएका थिए । उक्त रंगशाला २ सय ५० स्क्वाएर मिटर छ । मैदानमा बरमुडा दुवो रोपिएको छ । दुवोमा पानी हाल्नकालागि सातवटा च्याम्बरहरु राखिएको छ ।

الفئة

عرض المزيد

تعليقات - 7