المدة الزمنية 24:51

हङकङमा दाेस्राे डिभिजन खेल्ने माेहन लिम्बु | MOHAN LIMBU | Roshan Bahadur Singh

بواسطة Neplays TV
100 797 مشاهدة
0
4.3 K
تم نشره في 2021/07/19

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको बेन्च स्ट्रेन्थ राम्रो बनाउन विदेशमा बसेर फुटबल खेलिरहेका नेपालीहरु पहिचान गरी अवसर दिने नीति लिएको छ । मनिष डाँगी, स्यान्सु भुसालजस्ता युवाहरु एन्फाको यही नीतिबाट पहिचान भएका खेलाडी हुन् । उनीहरु अहिले नेपालमा फुटबल खेलिरहेका छन् र राष्ट्रिय टोलीमा स्थान बनाउन प्रयासरत छन् । मनिष र स्यान्सूजस्तै विदेशी भूमिमा बसेर व्यवसायिक फुटबलमा अगाडि बढ्दै गरेका एकजना युवा खेलाडी छन्, मोहन लिम्बु । हङकङमा उज्वलको नामबाटसमेत चिनिने मोहन त्यहाँको दोस्रो डिभिजनबाट फुटबल खेलिरहेका छन् । केहि समयअघि पोर्चुगल र स्पेनमा समेत प्रशिक्षण लिएका मोहन विङगर र मिडफिल्डर दुवै पोजिसनमा आफूलाई सहज ठान्छन् । मोहनले नेपालको उमेरसमूहदेखि सिनियर टोलीसम्म खेल्ने सपना देखेका छन् । तर त्यसका लागि अहिलेसम्म बाटो पहिल्यउन सकेका छैनन् । छोराको यही चाहना पूरा गर्नका लागि बाबु शम्भु र आमा जमुना पनि अहिले नेपालमै छन् । केहि समयअघि कोरोना भाइरस संक्रमणपछि निधन भएका विल गुरुङसँग हङकङमा प्रशिक्षण पाएका मोहनलाई उनैले नेपाली फुटबलमा चिनाइदिने बताएका थिए । उनैको निधन भएपछि उनीहरुले कसैसँग कुरा गर्न भेउ पाएका छैनन् । उनै मोहनसँग हङकङमा फुटबल खेलाडी बन्न गरेको संघर्ष,परिवारको सहयोग, व्यवसायिकता र राष्ट्रिय टोलीबाट खेल्ने सपनाबारे हामीले कुराकानी गरेका छौं । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

الفئة

عرض المزيد

تعليقات - 342